नुवाकोटको लिखुमा कुलोमा डुबेर एक जनाको ज्यान गयो

विदुर खबर २०८१ साउन १ गते २१:५२

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका २ लबलेमा खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर एकजनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नं ५ कालिमाटी बस्ने ५० वर्षका गोबिन्द कुँवर रहेका छन् । मृतक कुँवर प्रेसर, सुगर रोगको बिरामी रहेको पारिवारिक श्रोतले जनाएको छ ।

वेहोस भई कुलोमा ढलेका कुँवरको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै सोमबार नै जिल्लाकै सुर्यगढी गाउँपालिका वडा नम्बर ४ गहतेमा चौध वर्षीया बालिका देवीका तामाङले झुन्डिएर आत्महत्या गरेकी छिन् ।

Advertisement

स्थानीय भक्तबहादुर तामाङको छोरी देवीकाले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उता विदुर नगरपालिका वडा नम्बर ९ कोलनीमा शैलुन व्यवसाय गर्दै आएका भरत नाम गरेको भारत भएका एक अर्का व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

बेहोस भएका ती ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया