एटीएम तोडफोड गरेको आरोपमा नुवाकोटका दुईजना पक्राउ
विदुर खबर
२०८१ असार २९ गते ८:५९
नुवाकोट । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गरेको आरोपमा नुवाकोटका दुई युवक पक्राउ परेका छन् ।
एटीएम तोडफोड गरेर भाग्दै गरेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र १९ वर्षीय सुजन तामाङ छन् ।
उनीहरुलाई प्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनीहरुले २६ असारमा बिहानीपख सवा ३ बजे एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ ।
एटीएम मेसिन तोडफोड गर्न प्रयोग भएको रड पनि प्रहरीले बरामद गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया