नुवाकोटका सुनार तीसहजार अमेरिकी डलरसहित पक्राउ

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका एक युवक तीस हजार अमेरिकी डलरसहित आईतवार रसुवाको टिमुरेबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ पैरेबेशी बस्ने ३३ वर्षिय समिर सुनार रहेको प्रहरीले जनाएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकालिका वडा नम्बर २ रसुवागढी स्थित टिमुरेबाट रसुवागढीतर्फ गइरहेका उनलाई हिंडीरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
रसुवागढी नाका तर्फ हिंडीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा जुत्ताभित्र लुकाई राखेको अमेरिकी डलर तिस हजार र चाईनिज युआन तिन हजार त्रिहत्तर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनारलाई आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको बताइएको छ ।
प्रतिक्रिया