रसुवामा एसइईमा २५ प्रतिशत पास

विदुर खबर २०८१ असार २२ गते २२:०९

रसुवा । केही दिनअघि सार्वजनिक एसइईको नतिजामा रसुवाका छ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

Advertisement

रसुवाबाट पाँच सय ४५ जना विद्यार्थीले एसइई परीक्षामा भाग लिएकोमा एक सय ३९ जना उत्तीर्ण भएका छन् भने ६ सामुदायिक विद्यालय नील भएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले दिएको जानकारी अनुसार सामुदायिक विद्यालयतर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन् । संस्थागत विद्यालयतर्फ नमुना इभरग्रिन आवासीय विद्यालयबाट ११ जना सहभागी भएकोमा सबै उत्तीर्ण भएका छन् ।

Advertisement

कालिका हिमालय माविका छात्रा यमुना पौडेल र प्रविधि पौडेल ३.९५ जिपिए ल्याएर उत्कृष्ट भए भने नमुना एभरग्रिन आवासीय विद्यालयका भगवान शाहले ३.९० जिपिए ल्याएको इकाइका जीवन दाहालले जानकारी दिए ।

यस्तै, छात्रतर्फ उत्कृष्ट नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारका प्रताप तामाब रहेका छन् । उनले ३.६९ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ कालिका गाउँपालिका– ५ जिबजिबेको नीलकण्ठ नमुना माविले आंशिकतर्फ विभिन्न विषयमा सहभागी २० जनामध्ये १६ जना उत्तीर्ण गराएर जिल्लाकै उत्कृष्ट विद्यालय रहेको जिल्ला समन्वय इकाइ रसुवाका प्रमुख कर्णबहादुर बानियाँले जानकारी दिए ।

Advertisement

जिल्लाको ६ सामुदायिक विद्यालयको नतिजा नील भएको छ । नील हुने विद्यालयमा पार्वतीकुण्ड मावि आमाछोदिब्मो गाउँपालिका, बागेश्वरी मावि भोर्ले, नेपाल राष्ट्रिय मावि गत्लाब, गौतमबुद्ध मावि फाल्चेत, नौकुण्ड गाउँपालिका– ३ हाकु मावि हाकु र नारायण मावि नौकुण्ड रहेका छन् ।

प्रतिक्रिया