एसइईमा नुवाकोटका ७ विद्यालय निल
नुवाकोट । केही दिनअघि सार्वजनिक एसइईको नतिजामा नुवाकोटका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका परिक्षा शाखा प्रमुख सम्झना थपलियाका अनुसार नुवाकोटका विभिन्न पालिकाका ७ वटा विद्यालयको नतिजा यस बर्षको एसइई मा शून्य आएको हो ।
उनका अनुसार निल हुने विद्यालयमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुको सेतिदेवि मावि, सुर्यगढी गाउँपालिकाको दुधेदेवि मावि, ककनी गाउँपालिकाको अरुणदयो मावि र सरस्वती मावि, बेलकोटगढीको चण्डादेवि मावि, म्यागङ गाउँपालिकाको सिता मावि र दुप्चेश्वरको कमलमाणीक मावि रहेका छन् ।
जिल्लामा अधिकांश विद्यार्थीहरुको गणित, बिज्ञान र अंग्रेजी बिषयमा नट ग्रेडेट आएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जनाएको छ ।
नुवाकोटबाट यस वर्षको एसइई तीन हजार आठ सय ४४ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये एक हजार ६ सय ४५ मात्र उत्तीर्ण भएका छन् । गत वर्ष चैत १५ देखि सुरु भएको एसइईको नतिजा गत बिहीबार सार्वजनिक भएको थियो ।
जिल्लाका एक सय ५० संस्थागत र सामुदायिक विद्यालय एसइईमा सहभागी भए पनि सात विद्यालयको नतिजा शून्य आएको छ । एक विद्यालयको खुला अर्थात् प्राइभेट परीक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी कुल विद्यार्थीको ४२.७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५७.३० प्रतिशत अर्थात् दुई हजार एक सय ९९ विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) भएको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया