धादिङमा १७ वर्षीय बालकलाई १२ वर्ष कैद
नुवाकोट । धादिङमा १४ वर्षीया बालिकालाई बलात्कार कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले साेमबार १२ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते कसुर कायम गरी असार १७ गते सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
कसुरदारलाई १२ वर्ष कैद गरी ४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना गर्ने र साेही रकम पीडितलाई क्षतिपुर्ति दिने फैसलामा उल्लेख छ ।
कसुरदारले ०८० चैत १ गते नाबालिकालाई नीलकण्ठ नगरपालिका –८ मा बलात्कार गरेका थिए ।
कसुरदारलाई जिल्ला प्रहरी कार्यालयले ०८० चैत ७ गते गिरफ्तार गरेको थियाे । पीडित पक्षले ०८० चैत ७ गते आरोपितलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिइएको थियो ।
पीडितको धादिङ अस्पतालमा चैत ७ गते स्वास्थ्य परीक्षण भएकाे थियो ।
जिल्ला अदालतमा ०८० चैत २८ गते दर्ता भएकाे मुद्दाका कसुरदार बालक जिल्ला अदालतकाे आदेशले बालसुधार गृह भक्तपुरमा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया