नुवाकोट भ्रष्टाचारको अखडा बन्दै, १५ करोड बढी अनियमितता
नुवाकोट । नुवाकोटका स्थानीय तहको ३० करोड बढी बेरुजु देखिएको छ ।
महालेखापरीक्षकको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको प्रतिवेदन अनुसार ३० करोड ७७ लाख ८४ हजार ५ सय ४ रुपैयाँ ९ पैसा बेरुजु देखिएको हो । बेरुजु देखिएको रकममध्ये करिब आधा अर्थात् १५ करोड बढी अनियमितता भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटका स्थानीय तहहरुले १५ करोड ५५ लाख ७८ हजार चार सय ५१ रुपैयाँ तीन पैसा अनियमितता गरेका छन् ।
सबैभन्दा बढी बेरुजु र अनियमितता बेलकोटगढी नगरपालिकामा देखिएको छ । बेलकोटको आर्थिक वर्ष २०७९/८० मा ८ करोड ७७ लाख ६८ हजार ७ सय ७७ रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ३ करोड १० लाख ५७ हजार १ सय ६२ रुपैयाँ अनियमितता गरेको छ ।बेलकोटगढीले भ्रमण, बैठक भत्ता, फरक शीर्षकमा खर्च, टुक्रे योजनाहरु एउटै फर्मको नाममा दिएको भुक्तानीलगायत शीर्षकमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै बेलकोटले बढी रकम भुक्तानी गरेको र असुल गर्नुपर्ने ६९ लाख ७५ हजार १ सय ४८ रुपैयाँ छ । कागजात पुरा नभएर बेरुजु रहेको १० करोड ६५ लाख ८६ हजार ९७ रुपैयाँ देखिएको छ ।
दोस्रो बढी बेरुजु विदुर नगरपालिकाको छ । विदुरको ४ करोड ७२ लाख ५६ हजार ७ सय १४ रुपैयाँ २५ पैसा बेरुजु देखिएको छ । यस्तै विदुरले २ करोड ३ लाख ९४ हजार ५ सय ९२ रुपैयाँ अनियमितता गरेको छ । असूल गर्नुपर्ने ३३ लाख ८८ हजार ६६ रुपैयाँ ७ पैसा छ । कागजात पुरा नभएको बेरुजु २ करोड ३० लाख ८० हजार ५५ रुपैयाँ ५५ पैसा छ ।
ककनी गाउँपालिकाको बेरुजु ३ करोड ९८ लाख ५९ हजार ३ सय ८६ देखिएको छ । जसमध्ये ककनीले २ करोड २३ लाख ९७ हजार ४ सय ७४ रुपैयाँ अनियमितता गरेको छ ।
ककनीले दरबन्दीबाहेकका कर्मचारी भर्ना, विभिन्न प्रादेशिक कार्यक्रम, भ्रमण, भत्ता लगायतमा अनियमितता गरेको छ । यस्तै असूल गर्नुपर्ने ५० लाख ९७ हजार ७ सय ४४ छ भने कागजात प्रमाण नपुगेको १ करोड ७१ लाख ७८ हजार १ सय ३८ रुपैयाँ छ ।
तारकेश्वर गाउँपालिकाको बेरुजु १ करोड ६२ लाख ५६ हजार २९ पैसा रहेको छ । तारकेश्वरले ४० लाख ९९ हजार ९ सय ९३ रुपैयाँ अनियमितता गरेको छ । पालिकाले असूल गर्नुपर्ने १६ लाख ८६ हजार ९ सय १९ र कागजात पेस नभएर बेरुजु देखिएको १ करोड १५ लाख ४० हजार ९ सय ११ रुपैयाँ छ ।
यस्तै तादी गाउँपालिकाको बेरुजु १ करोड ७१ लाख ५२ हजार ५ सय ८५ रुपैयाँ ३५ पैसा छ । पालिकाले १ करोड ७३ लाख १६ हजार ४ सय ८९ अनियमितता गरेको छ । १६ लाख ६१ हजार ४ सय ८९ असूल गर्नुपर्ने देखिएको छ भने कागजात प्रमाण नपुगेको बेरुजु ५ करोड ७२ लाख ७१ हजार २ सय २४ रहेको छ ।
पन्चकन्या गाउँपालिकाको बेरुजु १ करोड ४८ लाख ३१ हजार १३ रुपैयाँ ८२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
म्यागाङ गाउँपालिकाको बेरुजु ५ लाख ६३ हजार ७ सय ७४ रुपैयाँ ३ पैसा छ । अनियमितता २८ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ छ । ४ लाख ५६ हजार १८ रुपैयाँ ७७ पैसा असूल गर्नुपर्ने देखिन्छ भने ३ लाख ४ हजार ९ सय १३ रुपैयाँ कागजात नपुगेर बेरुजु देखिएको छ ।
लिखु गाउँपालिकाको बेरुजु ७० लाख २१ हजार ९ सय १३ रुपैयाँ देखिएको छ । पालिकाले १३ लाख १८ हजार ४ सय ४९ रुपैयाँ अनियमितता गरेको छ । पालिकाले ४१ लाख २७ हजार ४ सय ७१ रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ । कागजात प्रमाण नपुगेको १४ लाख २७ हजार ४ सय ७१ रुपैयाँ बेरुजु छ ।
किस्पाङ गाउँपालिकाको बेरुजु २ करोड ९ लाख ३४ हजार ९ सय ५३ रुपैयाँ ५ पैसा छ । पालिकाले १ करोड ५४ लाख १६ हजार ८ सय ६५ रुपैयाँ अनियमितता गरेको छ । असूल गर्नुपर्ने रकम ३० लाख ३९ हजार ७७ रुपैयाँ छ भने कागजात पेस नभएको बेरुजु २ करोड ९४ लाख ६० हजार ९ सय ८४ रुपैयाँ १ पैसा छ ।
दुप्चेश्वर गाउँपालिकाको बेरुजु १ करोड १६ लाख २७ हजार ८ सय ७७ छ । ७९ लाख ७९ हजार ७३ रुपैयाँ ३१ पैसा अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले १ लाख २० हजार ८ सय ४४ रुपैयाँ असूल गर्नुपर्ने देखिन्छ भने कागजात पेस नभएको रकम ७७ लाख ५ हजार ५ सय १८ रहेको छ ।
स्थानीय तहका अनियमितताका यी तथ्याकंहरु हेर्दा नुवाकोट भ्रष्टाचारको अखडा बन्दै गएको छ । अनियमितताको ठूलो चाङ छ । नागरिकलाई सहज सेवा प्रदान गर्न बनेका स्थानीयह तहहरु अनियमितता र भ्रष्टाचारले डुङडुङ्ती गन्हाएका छन् । काठमाडौंसँगै जोडिएर पनि नुवाकोटका नागरकिको जीवनस्तर दयनीय छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया