पञ्चकन्यामा एसईईमा ७० प्रतिशत विद्यार्थी फेल
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसईई)-२०८० मा ७० प्रतिशत विद्यार्थी अनुत्तीर्ण (फेल) भएका छन् ।
बिहीबार सार्वजनिक एसईई नतिजामा पञ्चकन्या पालिकाभित्रका रहेका १० माध्यमिक विद्यालयबाट सहभागी १ सय ९४ विद्यार्थीमध्ये ६० जना अर्थात् ३० प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका हुन् । राष्ट्रिय नतिजामा भने ४७.८७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्राप्त नतिजाअनुसार इन्द्रायणि माविबाट १४ जनाले परीक्षा दिएकामा ४ उत्तीर्ण, राष्ट्रिय माविबाट १९ जना सहभागी भएकामा ८ जना पास भएका छन् भने कालिका माविबाट २४ जनाले परीक्षा दिएकोमा ४ जना मात्र सफल भएका छन् । नवसञ्जीवनी माविमा भने नतिजा अलि सुधार देखिएको छ । जुन विद्यालयबाट ३९ जना विद्यार्थीले एसईई दिएकोमा २७ जनाले पास गरेका छन् ।
पञ्चकन्या माविबाट २४ जना सहभागी भएकोमा ६ जना, उदय जालपा माविबाट १७ ले परीक्षा दिएकामा ४ जना, बच्छला माविबाट ९ मा १ जना र कुण्डला माविबाट २१ जनाले परीक्षामा सामेल भएकोमा ३ जनाले सफलता प्राप्त गरेका छन् ।
भेँडाबारी माविबाट ६ जनाले परीक्षा दिएकामा कुनै विद्यार्थी सफल हुन सकेनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया