त्रिशूलीका ३४० घरपरिवारलाई विद्युतीय चुलो

विदुर खबर २०८१ असार १० गते १९:२६

नुवाकोट ।  बिदुर नगरपालिका वडा नम्बर १ त्रिशूलीका ३४० घरपरिवारलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गरिएको छ ।

Advertisement

सर्वसाधारण भान्सा प्रदूषणरहित र धुवाँरहित वडा निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो।

बिदुर नगरपालिकाका वडा न १ को वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उपमेयर प्रभा बोगटीले विद्युतीय चुलो वितरण गरेकी हुन् ।

Advertisement

बिदुर नगरपालिका वडा न १ को कार्यालयले आफ्नो वडा धुवाँरहित बनाउन तथा ग्यासको प्रतिस्थापन गर्नका लागि विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको छ । वडाकै अग्रसरतामा वडाबासीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकले ३० प्रतिशत बेहोर्ने गरी वडा कार्यालयले विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपल्ट सुरु गरिएको वडा अध्यक्ष लेनिन रन्जितले बताए ।

प्रतिक्रिया