सूर्यगढीको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित
नुवाकोट । सुर्यगढी गाउँपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ ।
गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले १५ औं गाउँ सभामा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम सर्वसम्मत पास भएको हो ।
१५ औं गाउँ सभा बैठकमा उपाध्यक्ष मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट र विनियोजन विधेयक पेश गरेकी थिइन् ।गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले गाउँपालिकाको १५ औं गाउँसभाको बैठकमा उक्त बजेट पेस गरेकी हुन् ।
आगामी आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको जनाएको छ । नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले कृषकहरुलाई दुधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने, सुचीकरण भएका किसानहरुलाई परिचयपत्र वितरण गर्ने, एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरत्नरता दिएको छ ।
यस्तै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट शुल्क लिन प्रतिबन्ध लगाएको छ भने एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने व्यवस्थाका लागि समेत बजेट विनियोजन जनाएको छ ।
यस्तै गाउँपालिकामा निर्माणाधिन १० शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेकोले अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरि संचालन गर्ने, गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउँन प्रोत्साहन गर्न न्यानो झोला र यातायात खर्चको साथै सुत्केरी भत्तालाई निरन्तरता दिइएको छ । यस्तै गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्न प्रोत्साहन गर्ने उदेश्यले अण्डा वितरण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
यो सँगै गाउँपालिका भित्रका ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकता दिइएको छ । यस्तै गाउँपालिकाको सुविधा सम्पन्न मुख्य प्रशासनिक भवनको निर्माण कार्य यसै वर्ष शुरु गरिने उल्लेख गरिएको छ ।
सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।
अध्यक्ष सन्तवहादुर घलेले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम र उपाध्यक्ष मञ्जु बुढाथोकीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को आय व्यय समेत सर्वसहमत रुपमा पारित गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया