विदुर मेयर कप क्रिकेट प्रतियोगिता हुने

विदुर खबर २०८१ असार ९ गते १७:३६

नुवाकोट । विदुर नगरपालिकाले आगामी आर्थिक वर्षमा विदुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Advertisement

आज नगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दे मेयर राजन श्रेष्ठले आगामी आर्थिक वर्षमा नगरपालिको विदुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताएका हुन् ।

निति तथा कार्यक्रममा विदुर ५ को माझिटारमा नगरस्तरीय क्रिकेट रंगशाला निर्माण गरिने समेत उल्लेख गरिएको छ ।

Advertisement

यस्तै नगरपालिकाले विभिन्न किसिमका नगरस्तरीय खेलकुद कार्यक्रम संचालन गर्ने समेत निति तथा कार्यक्रममा उल्लखे गरिएको छ ।

त्यस्तै एक वडा एक खेलमैदान, एक वडा एक व्यायमशाला तथा योग साधनाकेन्द्र निर्माण गरिने समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Advertisement

प्रतिक्रिया