नुवाकोटमा विश्व रक्तदाता दिवसमा रक्तदाता सम्मानित

विदुर खबर २०८१ असार १ गते २३:०७

नुवाकोट । विश्व रक्तदाता दिवसको अवसर पारेर नुवाकोटमा सबैभन्दा बढी रक्तदान गर्ने संस्था र व्यत्ति सम्मानित भएका छन् ।

Advertisement

शुक्रवार जनस्वास्थ्य कार्यालय नुवाकोटले आयोजना गरेको सम्मान कार्यक्रममा जिल्लामा सबैभन्दा बढी रत्तदान गर्ने संस्था र व्यक्तिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले रगत दना गर्ने सबै रक्तदाताहरुलाई बाधाइ दिँदै आगामी दिनहरुमा पनि सहयोग गर्न आग्रह गरे । उनले रगत दान गर्नु नै पुण्य कमाउनु भएकाले सबैले रगत दिन तयार हुनुपर्ने बताए ।

Advertisement

यस्तै कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले चाहिएको समयमा पर्याप्त मात्रामा रगत नपाएको बताइन् । उनले बिदुर नगरपालिकाले स्वास्थ्य संघसंस्थासँग सम्बन्धित कार्यक्रमहरु बनाउँदा समन्वय गरेर अघि बढ्ने बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रगतको अभावमा कुनैपनि मानिसको जीवन बचाउन सबैले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । उनले रत्तदान आफै पुन्य काम भएकोले सबै एकजुट भएर अघि बढोमा जस्तोसुकै काम सफल हुने बताए ।

Advertisement

कार्यक्रममा सम्मानित हुने जन जागृति युवा क्लब तुप्चे अध्यक्ष राजकुमार रिजालले यस्ता सम्मानले क्लबलाई हौसल्ला मिलेको बताए । उनले शावश्यकता हेरेर क्लबले नियमित ३÷३ महिनामा रक्तदान कार्यक्रमको आयोजना गरिरहेको बताए ।

यस्तै नुवाकोटबाट सबैभन्दा बढी ५१ पटक रक्तदान गर्ने रक्तदाता मछिन्द्रनरसिंह प्याकुरेलले नुवाकोटमा आकस्मिक र नियमित गरि दुई किसिमले रक्तदान कार्यक्रम भइरहेको बताए । उनले नुवाकोटमा मात्र नभई रसुवा र धादिङमा समेत रगतको अभाव भएको समयमा काम गरिरहेको उल्लेख गरे ।

यस्तै कर्यक्रममा नेपाल रेडक्रस नुवाकोटका जिल्ला सभापति हरि श्रेष्ठले नुवाकोटमा महिनामा २ सय प्रिन्ट रगत संकलन भइरहेको र जिल्लामा महिनाममा एक सय प्रिन्ट रगत खपत हुने गरेको बताए । उनले पछिल्लो समय देशभर रगतको माग बढिरहेकोले समयसमयमा रक्तदान कार्यक्रम गरिरहनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नुवाकोटमा सबैभन्दा बढी रगत्त संकलन गरेको भन्दै जन जागृत युवा क्लब विदुर ७ तुप्चे, समृद्ध नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई सम्मान गरिएको छ ।

त्यस्तै सबैभन्दा बढी महिलाबाट रक्तदान गराउने संस्थाहरुमा त्रिशली एजी चर्च विदुर ७ कोलनी, नेपाल रेडक्रस सोसाईटी काउले उपशाखा र मानव अधिकार शान्ति समाज नुवाकोट रहेका छन् ।

यस्तै व्यक्तिगत तर्फ सबैभन्दा बढी रत्तदान गर्ने मछिन्द्र नरसिंह प्याकुरेल, सुवास भण्डारी र निता थपलियालार्य समेत सम्मान गरिएको छ । प्याकुरेलले ५१, भण्डारीले २५ र थपलियाले २४ पटक रत्तदान गरेका थिए ।

प्रतिक्रिया