नुवाकोटको बेलकोटगढीका विकेश लामा भरुवा बन्दुकसहित पक्राउ

विदुर खबर २०८१ असार १ गते १९:४०

नुवाकोट । नुवाकोटको बेलकोटगढीमा अवैध रुपमा राखिएको भरुवा बन्दुकसहित उक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का २१ वर्षिय विकेश लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई बिहिबार दिउँसो १ बजे पक्राउ गरिएको हो । लामाले आफ्नै घरमा अबैध रुपमा भरुवा बन्दुरक लुकाएर राखेको छ भन्ने सुचनाको आधारमा प्रहरीले खोजतलासी गरेको थियो ।

प्रहरीले चेकजाँचको क्रममा लुकाएर राखेको ४ फिट २ ईन्च लम्बाई भएको भरुवा बन्दुक भेट्टाएको थियो । बन्दुकमा प्रयोग गर्ने सलाईहरु र छर्राको लागि प्रयोग हुने ६९५ ग्राम किटको टुक्राहरु समेत प्रहरीले फेला पारेको छ ।

Advertisement

उनलाई जिल्ला अदालत नुवाकोटले हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान गर्न पाँच हिरासतमा राख्न शुक्रवार अनुमति दिएको छ ।

पक्राउ परेका लामासँग प्रहरीले अनुसन्धान जार िराखेको छ ।

Advertisement

प्रतिक्रिया