नुवाकोट जिल्ला लिगको फाईनल खेलको टुङ्गो लागेन
नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि गत शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको बाँकी रहेको खेल अनिश्चित समयको लागि स्थगित भएको छ ।
नुवाकोट जिल्ला फुटवल संघले खुट्टा कमाउँदा नुवाकोट जिल्ला लिगले विजेता पाउन मुस्किल भएको हो । नुवाकोट जिल्ला फुटवल संघको आईतवार वसेको बैठकले पहिलो पटक सोमवारको लागि खेल खेलाउने निर्णय गरेपनि खेल हुन सकेन । त्यस्तै दोस्रो पटक मंगलवार खेल हुने भनिएपनि स्थगित भएको थियो ।
बुधवार जिल्ला प्रशासन कार्यालयमा भएको नुवाकोट जिल्ला फुटवल संघ, बट्टार युथ क्लबका पदाधिकारी तथा ईनारपाटी युवा क्लबका पदाधिकारी र विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेको उपस्थितिमा भएको छलफलले सार्थकता पाउन सकेन ।
छलफलमा नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकार र विजय गुरुङ तथा बट्टार युथ क्लबको तर्फबाट अध्यक्ष सुरज श्रेष्ठ र ईनारपार्टी युवा क्लबको तर्फबाट अध्यक्ष धिरज सापकोटा तथा प्रशिक्षक मधुसुदन थपलिया लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा बट्टार क्लबको तर्फबाट अध्यक्ष श्रेष्ठले खेलमा रेफ्रीमाथि कुटपिट गर्ने खेलाडीलाई कारवाही नगरेसम्म आफ्नो क्लब खेलमा सहभागी नहुने बताए । उनले खेलाडीमा अनुशासन हुनुपर्ने भन्दै डराएको रेफ्रीले कसरी गेम खेलाउँछ भन्दै प्रश्न गरेका थिए ?
यस्तै ईनारपाटी क्लबको तर्फबाट अध्यक्ष सापकोटाले आफुहरुले गरेको गोललाई मान्यता दिनुपर्ने, खेल पुन सुरु समयबाट खेलाउनुपर्ने र खेलमा गलत निर्णय गर्ने रेफ्रीमाथि कारवाहीको माग गरेका थिए ।
यस्तै नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले दुबै क्लब सहमतिमा नआएकोले फाईनल खेलको बाँकी समयको खेल संचालन हुन नसकेको बताए । उनले बिहिबार पनि दुबै क्लबसँग छलफल गर्ने बताए । आजको वार्ता विना निश्कर्ष सकिएको छ भोलि फेरि छलफल गरेर खेलको विषयमा केही निर्णय हुन्छ उनले भने ।
ईनारपाटी युवा क्लबले आफुहरुले गरेको गोललाई मान्यता दिनुपर्ने, खेल पुन सुरु समयबाट खेलाउनुपर्ने तथा खेल खेलाउने रेफ्री दिनेश अधिकारी, पुर्णमान चित्रकार लगायतलाई छानविन समिति गठन गरेर कारवाही गर्नुपर्ने माग राख्दै आएको छ भने नुवाकोट जिल्ला फुटवल संघले रेफ्रीको निर्णय नै अन्तिम रहेकोले यसलाई स्वीकार गर्नुको विकल्प नरहेको बताउँदै आएको छ ।
बिहिबार क्लबका प्रतिनिधि र एन्फाको सहमति भएमा शुक्रवार वा शनिवार खेल संचालन हुन सक्ने बताइएको छ ।
यसैविच गोल भएको बललाई अफसाईट दिएको भन्दै कुटिएका रेफ्री पुर्णमान चित्रकारले आफुमाथि कुटपिट गर्ने खेलाडीहरुलाई कारवाहीको माग गर्दै नुवाकोट जिल्ला फुटवल संघमा उजुरी दिएका छन् ।
उनीहरुले दोषीमाथि कारवाहीका माग गर्दै कुटपिटमा उत्रने खेलाडीलाई कारवाही नभएसम्म खेल संचालन गर्न नसक्ने बताएका छन् ।
गत शनिवार भएको जिल्ला लिगको फाईनल खेलमा न्यु ईनारपाटी युवा क्लबले खेलको ६६ औ मिनेटमा गरेको गोललाई रेफ्रीले अफसाईड दिएपछि खेल मैदान केहीवेर तनावग्रस्त बनेको थियो । खेलका मुख्य रेफ्री दिनेश अधिकारीले गोल दिएपनि सहायक रेफ्रीले पुर्ण चित्रकार अफसाईडको रहेको बताएपछि सो गोललाई अफसाईड घोषणा गरिएको थियो ।
त्यसपछि दर्शकले रेफ्री पुर्ण चित्रकारलाई मुक्का प्रहार गरेपछि खेल मैदानमा झण्डै आधा घण्टा तनावग्रस्त बनेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया