वडा कार्यलयद्वारा गर्भवती महिलालाई अण्डा वितरण

विदुर खबर २०८१ जेठ ३० गते ७:०५

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले गर्भवती महिलाहरुलाई अण्डा वितरण गरेको छ ।

Advertisement

वडा कार्यालयले सबै गर्भवतीको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याउन अण्डा बितरण गरेको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए । महिलालाई स्वास्थ्य चौकीमै सुत्केरी गराउन अभिप्रेरित गर्न गर्भवतीहरुलाई अण्डा वितरण गरिएको उनको भनाई रहेको छ ।

मंगलवार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरेको हो । वडा कार्यालयले चालु आर्थिक वर्षको गर्भवती महिलाहरुलाई अण्डा वितरण कार्यक्रम अन्र्तगत ५० हजार छुट्टाएको थियो । सोही बजेटबाट अण्डा वितरण गरिएको सचिव शिवहरि गजुरेलले जानकारी दिए ।

Advertisement

वडा कार्यालयभित्र रहेका गर्भवतीमहिलाहरुलाई अण्डा वितरण गरिएको हो । आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिइने वडाध्यक्ष न्यौपानेले जानकारी दिए । यस कार्यक्रमले गर्भवती महिलाहरुलाई नियमित खोपका लागि स्वास्थ्य चौकी जान प्रेरित गर्ने समेत वडा कार्यालयले विश्वास लिएको छ ।

यस्तै गर्भवतीलाई हौसला र प्रोत्साहनसँगै सरोकारवालालाई संवेदनशील बन्न र पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा सदस्य विनोद चित्रकारले जानकारी दिए ।

Advertisement

कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य र पोषणप्रति सचेत गराउनुका साथै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाहरुसँग घुलमिल गराउन सहयोग सरोकारवालाहरुले बताएका छन् ।

 

प्रतिक्रिया