नुवाकोट जिल्ला लिगको फाईनल खेल फेरि स्थगित
नुवाकोट । रेफ्रीको विवादास्पद निर्णयपछि शनिवार स्थगित भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको बाँकी रहेको खेल सोमवार पनि स्थगित भएको छ ।
नुवाकोट जिल्ला फुटवल संघको आईतवार वसेको बैठकले जिल्ला लिगको फाईनल खेलको बाँकी रहेको समयको खेल सोमवार दिउँसो ४ बजे खेलाउने निर्णय गरेपनि पुर्व जानकारी विना खेल स्थगित गरिएको हो ।
सोमवार खेल हुने भनेपछि केही दर्शकहरु मैदानमा आएर फर्किएका थिए । खेल खेलाउने विषयमा विवाद हुँदा खेल हुने वा नहुनेमा अन्यौलता कायम भएको हो ।
न्यु ईनारपाटी युवा क्लबले आफुहरुले गरेको गोललाई मान्यता दिनुपर्ने, खेल पुन सुरु समयबाट खेलाउनुपर्ने तथा खेल खेलाउने रेफ्री दिनेश अधिकारी, पुर्णमान चित्रकार लगायतलाई छानविन समिति गठन गरेर कारवाही गर्नुपर्ने माग राख्दै आएको छ ।
तर नुवाकोट जिल्ला फुटवल संघका केही पदाधिकारी ईनारपाटी युवा क्लबको कुनैपनि माग सुन्न चाहिरहेको देखिँदैन् । उनीहरु कुनैपनि हालतमा क्लबलाई पेलेर जाने वा नमाने क्लबलाई कारवाही गर्ने मनस्थितिमा पुगेका छन् ।
नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले कुनैपनि हालतमा खेल ६६ औ मिनेटदेखि सुरु गर्ने र त्यो समयमा ईनारपाटी क्लब खेलमा सहभागि नभए कारवाही गर्ने बताउँछन् । फुटवलमा रेफ्रीको निर्णय नै अन्तिम हो त्यसलाई नमान्ने भन्ने हुँदैन, उनले भने ।
यसैविच जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वसेको नुवाकोट जिल्ला फुटवल संघ र न्यु ईनारपार्टी फुटवल क्लबका पदाधिकारीहरुको बैठक विना निस्कर्ष सकिएको छ । बैठकमा फुटवल संघको तर्फबाट अध्यक्ष देवनारायण चित्रकार र विजय गुरुङ सहभागि भएका थिए भने ईनारपाटी क्लबको तर्फबाट अध्यक्ष धिरज सापकोटा सहभागि थिए ।
बैठक विना निश्कर्ष टुङ्गीएकोले नुवाकोट जिल्ला फुटवल संघले मंगलवार खेल खेलाउने तयारी गरेको छ । सोमवार खेलाउने भनिएको खेल मंगलवार खेलाउने निर्णय गरिएको नुवाकोट जिल्ला फुटवल संघका प्रवत्ता श्रीराम तामाङले जानकारी दिए ।
तामाङका अनुसार फाईनल खेल ६६ मिनेटदेखि नै सुचारु गरिनेछ ।
यसैविच नुवाकोट फुटवल संघले क्लबहरुमाथि दादागिरी मच्चाएको भन्दै जिल्ला लिग खेलेका ९ क्लबलहरुले आपत्ति जनाएका छन् ।
सोमवार विहान न्यु ईनारपार्टी युवा क्ल्बले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले फुटवल संघका पदाधिकारीहरुको नियत ठिक नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया