रेफ्री कुटिएपछि नुवाकोट जिल्ला लिगको फाईनल खेल स्थगित
नुवाकोट । नुवाकोटको बट्टारमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोपगताको फाईनल खेल स्थगित भएको छ ।
न्यु ईनारपाटी युवा क्लबले खेलको ६६ औ मिनेटमा गरेको गोललाई अफसाईड दिएपछि खेल मैदान केहीवेर तनावग्रस्त बनेको थियो ।
पहिला खेलका मुख्य रेफ्री दिनेश अधिकारीले गोल दिएपनि सहायक रेफ्री पुर्ण चित्रकारले अफसाईटको रहेको बताएपछि सो गोललाई अफसाईड घोषणा गरिएको थियो ।
त्यसपछि दर्शकले रेफ्री पुर्ण चित्रकारलाई मुक्का प्रहार गरेपछि खेल मैदान झण्डै आधा घण्टा तनावग्रसत बनेको थियो । र्दशकहरु मैदानमा प्रवेश गरेपछि नेपाल प्रहरीले लठ्ठी चार्ज गरि मैदान खाली गर्ने प्रयास गरेपनि सफल भने हुन सकेको थिएन ।
सुरक्षा चुनौती देखिएपछि नुवाकोट फुटवल संघले सशस्त्र प्रहरीको टोली समेत सुरक्षाको लागि बोलाएको थियो ।
त्यसपछि नुवाकोट फुटवल संघले पदाधिकारीहरुको बैठकपछि निर्णय गर्ने भन्दै खेल स्थगित भएको जानकारी गराएको थियो ।
खेलमा विवाद शुरु हुनुभन्दा अघि बट्टार युथ क्लबले १–० गोल अन्तरले अगाडी थियो ।
बट्टारलाई अग्रता दिलाउन खेलको ४० औ मिनेटमा जर्सी नम्बर १५ का रितिक डोनाले गोल गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया