नुवाकोट जिल्ला लिगको उपाधिको लागि बट्टार र ईनारपाटी भिड्दै
विदुर खबर
२०८१ जेठ २६ गते १३:४३
नुवाकोट । नु्वाकोट जिल्ला लिगको फुटवल प्रतियोगिताको उपाधिको लागि बट्टार युथ क्बल र न्यु ईनारपाटी युवा क्लबले प्रतिष्पर्धा गर्दै छन् ।
शुक्रवार सम्पन्न भएको सेमिफाईनलमा बट्टारले तप्त युवा क्लबलाई र ईनारपाटीले थ्रिडि युवा क्लबलाई पराजित गर्दै उपाधि नजिक पगुेका हुन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने खेल ३ बजपछि संचालन हुने छ । लिगको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजाररुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १२ क्लबले सहभागि जनाएका थिए । दुई क्लब रेलिगेसनको कारण घटुवामा परिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया