नेकपा एमाले नुवाकोटको अध्यक्षमा तीन जनाको उम्मेद्धवारी दर्ता
नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा तीन जनाको उम्मेद्धवारी परेको छ ।
अध्यक्षमा बद्री मैनाली, बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीको उम्मेद्धवारी परेको हो । यस्तै उपाध्यक्षमा सुदर्शन नेपाल र राजेन्द्ररमण खनालले उम्मेद्धवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मोहन खड्काले जानकारी दिए ।
सचिवमा निलकण्ठ आचार्य र शिवकुमार चित्रकारले उम्मेदवारी दर्ता गरेका छन् भने उप–सचिवमा रमेशबहादुर वस्ती, वीरबल तामाङ र राजेन्द्र प्रकाश पाण्डे मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै महिला उपसचिवमा पार्वती प्याकुरेल, मंगलमाया प्रजापति र रुपा सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत खड्काले बताए ।
नयाँ नेतृत्व चयनको लागि आज साँझदेखि मतदान शुरु गर्ने तयारी गरिएको छ । निर्वाचन विद्युतीय मतदानबाट हुने बताइएको छ ।
अधिवेशनमा जिल्लाको ८८ वट्टै वडाबाट ५ सय ४३ जना प्रतिनिधि ६ सय १२ मतदाता रहेका छन् ।
जिल्लामा नयाँ नेतृत्व चयन सर्वसहमत रुपमा चयन गर्नको लागि केन्द्रिय नेताहरु अहिले छलपल गरिरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया