मेरो जापान यात्रा संस्मरण

विदुर खबर २०८१ जेठ २० गते २२:०९
लेखक : विन्दा मगर श्रेष्ठ

जापानको समय सवा सात बजे ओसाका एअरपोर्टमा प्लेन अवतरण भएपश्चात शुरु भएको मेरो जापान यात्रा निहोङ्गो वाकारिमासेन अर्थात भाषा आउँदैन भन्ने बाक्यबाट सुरु भयो ।

Advertisement

जब त्यँहाका नागरिकले मलाई भाषाको समस्या छ भन्ने कुरा थाहा पाएपछि मलाई उनीहरुले अलग्गै स्थानमा राखे अनि केहिक्षणमै मेरो त्यँहाको प्रोसेस सकेर बाहिर निस्कने गेट देखाए । जब म बाहिर निस्किएँ त्यँहाको सफा वातावरण सफा आकाश अनि स्वच्छ हावाले पलभरमै मेरो यात्राको सम्पुर्ण थकान मेटिए झैँ भयो, त्यसपछी हामी आफ्नो बासस्थान जानको लागि रेल स्टेसन तिर लाग्यौँ । झट्ट हेर्दा सबै उस्तै देखिने त्यहाँका संरचनाले हामी केहि क्षण अल्मलियौँ । हाम्रो छेउमा आएर एक जना जापानीज नागरिकले सोधे के समस्या पर्यो के सहयोग गर्न सक्छु ? त्यसपछी हामिले त मात्र कुन स्टेसन सोधेका थियौँ, तर निकै हत्तारमा देखिएता पनि ती नागरिकले हामीलाई रेलसम्म लगेर छोडिदिए अनि मनमनै उसलाई र मलाइ तुलना गर्न थाले आहा कस्तो सँस्कार उस्को भनेर ।

जब हामी रेल चढ्यौँ ओहो…ती रेलको सुबिधा कुनै महङ्गो एरोप्लेनको भन्दा कम थिएन ।रेल चढ्ने बित्तिकै मेरा आँखा एकैछिन टक्क त्यँहा भित्रका संरचना अनि त्यहाँका मानिसहरुमा अडिए । सुबिधा सम्पन्न फोल्डिङ्ग सिट,सङ्गै अट्याच फोल्डिङ टेबल, सिटको साइडमा कपडा वा झोला झुन्डाउन राखियको सानो स्टयान्ड,झन्डै दुई हजार जनाको क्यापासिटि भएको उक्त रेलमा सुबिधा सम्पन्न वासरुम, बच्चाको डाइपर चेन्जिङ स्पेस यी सबै संरचनालाई नियाल्दै गर्दा मनमा एउटा आँधिहुरी चलेको अनुभुती भयो कि मेरो देशमा कहिले हुन्छ यस्तो बिकास ? त्यत्रा मानिसको भिडमा पनि त्यो शान्त बातावरण देख्दा य साँइली माईली कान्छी के छ भन्दै परैबाट हालखबर सोध्ने बानी परेको हामीलाई नौलो नलाग्ने कुरै भएन।

Advertisement

बजारभरिबाट छानेर असाध्यै राम्रो पहिरनमा छु झै गरि उभिँदा नि कसैले कसैमाथि नजर नडुलाउँदा अचम्मै लाग्यो, कति शान्त कति अनुशासित अनि कति उदात्त । जब भित्रका संरचनाबाट थोरै ध्यान के हटाएका थिँए झ्यालबाट बाहिर देखिएका दृश्यले मेरा आखाँलाइ खुब उत्सुकता जगाएको मात्र थिएन व्यापक उमङ्ग समेत भरेको थियो ।

मन र मस्तिष्क पनि एक अर्कामा खुब रमाउदै थिँए । केवल मेरो शरीर रेलको सिटमा थिए, तर आँखा मन मस्तिष्क त झ्याल बाहिरै रेलको गति भन्दा तिब्रतासँग दगुरेको थियो । झन्डै तीन घण्टाको यात्रापछि बासस्थानमा पुग्यौँ । जापानको पहिलो बिहानी रेलको खटखटसंगै आँखा खुले । उठेर फ्रेस भएँ र खाना खाएर घुम्न निस्कियौँ । सफा सुन्दर अनि अपांग मैत्री सडक, पैदलयात्री र सवारी चालक बीचको त्यो सौहार्दपुर्ण ब्यबहार अनि त्यहाको ट्राफिक नियम देखेर साह्रै प्रभावित भएँ । ठाउँ–ठाउँमा रहेका बाल उद्यान, प्रत्येक सार्वजनिक स्थलमा रहेका सुविधा सम्पन्न अपांगमैत्री शौचालय देखेर खुसि लाग्यो । केहि क्षणको पैदल यात्रा पश्चात् हामी ठुलो समुन्द्र किनारमा पुग्यौँ, सानातिना खोलानाला झर्ना मात्र देखेकि मैलै त्यो विशाल समुन्द्री तटमा पुग्दा अत्यन्तै प्रफुल्लित भएँ । श्रावणको गर्मी अनि समुन्द्र किनारमा बहेको त्यो चिसो सिरेटोको श्पर्सले प्रेमिल बनेको हामी म केहिपल हरायौँ , आफैंलाई बिर्सिएर त्यहि सिरेठोसंगै लिप्त भयौ ।

Advertisement

मंसिर महिनाको अर्को दिन पानी जहाज चढेर अर्को टापु घुम्नका लागि निस्कियौँ ,मेरा लागि हरेक चिज नयाँ र कौतुहलपुर्ण थिए अनि बिल्कुलै फरक पनि, पानी जहाजको टिकट लिएर अर्को टापुको यात्रामा निस्कियौँ । फेरिपनि मलाई त्यँहाको अत्याधुनिक संरचनाले अचम्मित तुल्याईरह्यो ,जहाजको बेग संगै उर्लियका छालहरु अनि पछाडि फर्केर हेर्दा पर क्षितिजसम्म देखिएका पानीमा बनेका बाटाहरु । पानी जहाजको बलकोनिमा हावाको बेगले कापेका मुटु र थर्थराएका हात लिएर जहाजको भित्र पस्यौँ अनि भेन्डिङ मेसिनको तातो कफि अनि उन्को स्पर्श सङ्गै न्यानो बनेको हाम्रो जहाजको यात्रा सकिन्छ ।

साँझ परिसकेको थियो बासस्थान फर्कदै गर्दा त्यहि बाटोमा पर्ने सुपरमार्केट छिर्यौँ । जब मार्केट घुम्न थाले त्यहा भएका सजावट देख्दा लाग्दैथियो म कुनै प्रदर्शनीमा आइराको छ । जिव्रोलाइ कम आँखालाई मिठा लाग्ने त्यहाकाँ खानाका सजावटले साच्चै नखाई कनै हेरिरहुजस्तो भएको थियो । जहाँ गयो त्यहि चिज बस्तुको मज्जा लिन पर्छ भन्ने मान्यता राख्ने मैले हाम्रो लक्ष्मी माता अर्थात गौमाताको परिकार बाहेक सबै खानेकुराको स्वाद र संतुष्टिको मज्जा लिएँ ।

अर्को बिहान फेरि हामी त्यँहाको फेमस पार्क घुम्न निस्कियौ, वास्तवमै देवराज ईन्द्रले स्वर्गको एक टुक्रा यस् धर्तीमा फालेको झै लाग्ने त्यो रमणिय पार्क र त्यँहा भएका प्राकृतिक र पौराणिक सबै कुरा अवलोकन गरि बासस्थान फर्कियौँ । प्रत्येक सार्वजनिक स्थान र मार्केटका छेउछाउमा राखिएका भेन्डिङ मेसिनको पनि खुब उपयोग गरियो जहाँ सिक्का राखेर बटमको सहायताले चिसो तातो पेयपदार्थको मज्जा लिन पाइने उक्त मेशिन देख्दा खुब रमाइलो लाग्दथ्यो ।

लगातारको घुमफिरको क्रममा मैले त्यँहाका मन्दिर र दाहसंस्कार स्थल अर्थात मानवका चिहान भएका स्थलको अबलोकन समेत गरे। त्यहाँका मन्दिर देख्दा मलाई लाग्यो कि कला र संस्कृतिमा तुलनात्मक रुपमा हामी जापान भन्दा धेरै धनी छौ । मानव चिहानका सजावट भने बडो चाखलाग्दो थियो । हर हमेसा चिहानमा समानता पाईने हामीलाई त्यहाको चिहानमा पाईने असमानताले खासै राम्रो अनुभुति दिन सकेन । आर्थिक अबस्था अनुसारका ती चिहानको सजावटले भने यि कुरामा म हिन्दु हुनुमा गर्व गर्ने ठाउँ पाएँ ।

जापानमा प्रचलित वनसेन अर्थात प्राकृतिक तातोपानी जानका लागि निस्कियौँ। घरमा आफ्नै बुडाबुडिमा नि प्राइभेसि मेनटेन गर्ने जापानिजहरु वनसेनमा तातोपानीमा सामुहिक रुपमा निर्बस्त्र बस्ने चलन भने बडो चाखलाग्दो लाग्यो, केही क्षणको लाज र आनाकानि असहजतामा आफैमा बिलिन भयौँ । मेरा र तातो पानीको मज्जा सङ्गै घर फर्कियर मिठो निन्द्रा सङ्गै दिन समाप्त भयो। । घुमघाम पश्चात् पनि मेरो जापान बसाइँ केही लम्बिने भएपछि केही समय काम गर्ने निर्णय संगै काम सरु गरे। जब त्यँहा काममा जान थाले त्यहा म्यानेजर र जि.एम. हरुको पनि काम गर्ने र गराउने शैली देखेर निकै प्रभावित भएँ , अनि लाग्यो काम कुनै सानो ठुलो हुन्न रैछ भन्ने कुरालाई नजिक बाट नियाँल्ने मौका पाँए ।

कामका शुरुवाती दिनमा भाषाको समस्याका कारण अभिबादनमा धन्यवाद र धन्यवादमा अभिबादन गर्ने मेरो किस्सा सम्झेर बेलाबखत मनमनै हास्ने गर्छु । काम गरेको कम्पनिले अर्गनाइज् गरेको न्यु ईयर पार्टी जहाँ प्रायः नसामा झुमेका तर पनि आफ्नो मर्यादा नभुलेका जापानिज नागरिक, देख्दा साच्चै अनुशासनको अथाह भण्डार हो जापान भन्ने लाग्यो ।

त्यहाँका मानिसहरुको अत्यधिक धुम्रपान गर्ने बानी भने अनौठो लाग्यो । मर्निङ वाकमा निस्कँदा कुकुरलाई शौच गराउनेको कमि त त्यहा पनि थियन नै तर जस्ले कुकुर डोर्याएका हुन्थे उसैको अर्को हातमा भने कुकुरले गरेको फोहोर उठाउने सामान र त्यहि फोहोर हाल्ने झोला पनि सँगै हुन्थ्यो । अनुशरणिय थिए ती कुराहरु शुरुवाति दिनमा घुम्न जाँदा त्यहाँका शौचालयका बटमको नाम र काम थाहा नहुदा पकेट वाइफाइ र मोबाइल लिएर शौचालय जानुपरेको समस्या सम्झिँदा रमाइलो लाग्छ । बहुजाति भएको देश नेपाल मेरो त्यँहाका मानिसको आकृति देख्दा भने खासै फरक लागेन ।

मङ्गोलियन परिवारबाट भएकै कारण पनि होला त्यहाँका मानिस देख्दा आफ्नो परिवारको सदस्यझै आफ्ना नाता गोता झैँ लाग्थ्यो । केही जापानिज भाषा, केही ईङ्लिस अनि कुनै गुगल ट्रान्स्लेटरको सहयोगले ठस्ठस् कन्दै आफ्नो देशको कलासँस्कृतिको बारेमा वताउँदा लामो लेग्रो तानेर हेय…य गरेर रमाउनि जापानिज देखेर बडो आनन्द लाग्थ्यो ।

हाम्रो जिवित देबि कुमारीको कुरा सुनाउदा साह्रै अचम्ममा परेको तिनिहरुलाई देख्दा मनमा सकुन मिल्थ्यो । एकातिर त्यँहाका हरेक बिकास निर्माण र निति नियमले अझै असल,अनुशासित र उर्जावान बन्न प्रेरित गर्थाे भने अर्कातिर तिनै कुराले मलाई भित्र भित्रै निमोठ्थयो चिमोठ्थो लाग्थ्यो मेरो देश कहिले यस्तै वन्छ होला । त्यहाँको ब्यस्त जीबनशैलि र एकप्रकारको मोनोटोनस जीवन देख्दा केही निराश हुन्थे। माघे सक्रान्ति र साउने सक्रान्ति समेत मनाउन पर्नि हामीलाई कि त गर ,कि त मर भन्ने जीवनशैलि केही असहज भने पक्कै थियो ।

पूरा ६ महिनाको मेरो पहिलो जापान बसाइँलाई बिट मार्दै जापानका सम्झना, प्रियतम संगको स्वर्णिम र यादगार पल अनि जापानको बसाइ र त्यहाका साथि संगतले सिकाएका केही राम्रो संस्कारको पोकोलाई मनको सुट्केशमा कैद गरेर कोसेली स्वरुप लिएर उडानको तयारिमा रहेकि म प्लेन उड्न मात्र द्धछ मिनेट बाकिमा एयरपोर्ट पुग्दा त्यहाँका कर्मचारिको पोजेटिभ रेस्पोन्स, अध्यागमनले गरिदिएको सहजता साच्चै सलुट गर्न लायक थियो । जापान बसाइको अन्तिम क्षणसम्मको त्यहाको काम गर्ने शैली चुस्त र दुरुस्त देख्दा राम्रो अनुभुतिका साथ उडान भरे ।

अन्तमिमा जे गर,जसो गर, जता सुकै लैजाउ मलाई ,यो मन त मेरो नेपाली हो ।

प्रतिक्रिया