न्यु ईनारपाटी युवा क्लबको विजयी शुरुवात
नुवाकोट । नुवाकोटको बट्टारमा आजबाट शुरु भएको नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उद्घाटन खेलमा न्यु ईनारपाटी युवा क्लबले विजयी शुरुवात गरेको छ ।
न्यु ईनारपाटी युवा क्लबले पिपलटार फुटवल क्बललाई १–० को झिनो गोल अन्तरले पराजित गरेको हो । ईनारपाटीलाई जित दिलाउन जर्सी नम्बर ५ गोविन्द प्रसाद रिमालले खेलको ४८ औ मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेका थिए ।
पिपलटारका खेलाडीले डिबक्समा ईनारपाटीका खेलाडीलाई लडाएपछि रेफ्रीले ईनारपाटीलाई पेनाल्टी दिएको थियो । त्यसमा गोविन्द सफल बने ।
जितसँगै तीन अंक जोड्दै न्यु ईनारपाटी युवा क्लब समुह ए को शीर्ष स्थानमा उक्लिएको छ । खेलको म्यान आफ दी म्याच न्यु ईनारपाटी युवा क्लबका कप्तान विकास लामिछाने घोषित भए ।
प्रतियोगिता अन्र्तगत बुधवार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा समुह बि मा रहेको वनदेवि युवा क्लबले न्यु स्टार क्लबसँग विहान ८ बजे प्रतिष्पर्धा गर्नेछ भने दिउँसो ४ बजे देविघाट जालपा क्लबले कोलनी युथ सर्कलसँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगितामा नुवाकोटको विभिन्न १२ ओटा क्लबले सहभागिता जनाएका छन् । लिगको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
लिगमा सहभागि भएका १२ क्लबमध्ये दुई क्लब घटुवामा पर्नेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया