नुवाकोट जिल्ला लिगको ड्र सार्वजनिक
नुवाकोट । नुवाकोट फुटवल संघको आयोजनामा मंगलबारदेखि हुने नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।
जेठ १५ गतेदेखि हुने २६ गतेसम्म नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको गरिएको हो ।
‘ड्र’ अनुसार लिगको उद्घाटन खेलमा न्यु ईनारपाटी युवा क्लबले पिपलटार फुटवल क्बलसँग प्रतिस्पर्धा गर्नेछ ।
लिगमा जिल्लाका १२ वटा क्लब सहभागी रहेका छन् । जसलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा न्यु ईनारपाटी युवा क्लब, पिपलटार फुटवल क्लब र बट्टार युथ क्लब रहेका छन् । समूह ‘बी’ मा वनदेवी युवा क्लब, तप्त युवा क्लब र न्यु स्टार क्लब रहेका छन् । यस्तै समूह ‘सी’ मा देविघाट जालपा क्लब, कोलनी युथ सर्कल र नुवाकोट युनाइटेड फुटवल क्लब रहेका छन् ।
त्यस्तै समूह ‘डी’ मा न्यू भिजन युथ क्लब, युनिक ब्वाईज स्पोर्टस क्लब र थ्रि डि युवा क्लब रहेका छन् ।
लिगको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजाररुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
लिगको खेलहरू बैशाख १२ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछन् । लिगको उद्घाटन दिनमा एक खेल हुने र अन्य दिन २÷२ खेल हुनेछ ।
क्वाटफाईनलका खेलहरु २३ र २४ गते हुने छन् भने २५ गते सेमिफाइनल र २६ गते फाइनल खेल हुनेछ ।
जिल्ला लिगमा सहभागि भएका १२ क्लबमध्ये दुई क्लब घटुवामा पर्नेछन् । यसअघि कोरोना महामारीका कारण दुई वर्ष जिल्ला लिग हुन सकेको थिएन ।
यसअघि भएको जिल्ला लिगको उपाधि नुवाकोट युनाईटेड फुटवल क्लबले उचालेको थियो । फाइनलमा न्यू स्टार क्लबलाई ३–१ गोल अन्तरले हराउँदै नुवाकोट युनाईटेड च्याम्पियन बनेको थियो ।
यस्तो छ जिल्ला लिगको ड्र तालिका ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया