चोरी मुद्धाका फरार प्रतिवादी तादीका ओमे तामाङ पक्राउ
विदुर खबर
२०८१ जेठ १३ गते १९:५१
नुवाकोट । डाँका चोरी मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय खरानिटारबाट खटिएको प्रहरीको टोलीले साबिक उर्लेनी गाबिस वडा नम्बर १ तथा हालको तादी गाउँपालिका वडा नम्बर १ बस्ने ओमे मुक्तान तामाङलाई तादी गाउँपालिका वडा नम्बर १ को सडकमा हिँडि रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
जिल्ला अदालत नुवाकोटबाट ५ महिना १ दिन कैद भएका डाँका मुद्दाका प्रतिवादीहरूलाई अदालतको फैसला कार्यान्वयनको लागि नुवाकोट जिल्ला अदालतमा उपस्थित गराइएकोमा प्रतिवादीलाई कारगार कार्यालय नुवाकोट पठाइएको छ ।
उनलाई नुवाकोट जिल्ला अदालतले डाँका चोरी मुद्दामा वि.स. २०७८ चैत्र २४ गते ५ महिना १ दिन कैद भुक्तान गर्न आदेश दिएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया