नेकपा एमाले नुवाकोटको अधिवेशनको तयारी तिव्र
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोट जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशन यही जेठ २२–२४ गते हुने भएको छ ।
जिल्ला कमिटीको १२ औँ पूर्ण बैठकले पार्टी जिल्ला अधिवेशनको खलासत्र लिखु गाउँपालिकाको ढिकुरे र बन्दसत्र विदर ४ बट्टारमा गर्ने निर्णय गरेको छ ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वपधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले नुवाकोटले जनाएको छ । अधिवेशनमा जिल्लाका भूगोल, जनसंगठन र विधान बमोजिमका निकायबाट करिब ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी नेकपा एमाले नुवाकोटका अध्यक्ष बदी मैनालीले जानकारी दिए ।
उनका अनसार अधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट जेठ १२ गते एकैपटक गर्ने निर्णय भएको छ । अधिवेशन सम्पन्न गर्न बैठकले जिल्लाध्यक्ष मैनालीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेर कार्यविभाजनको जिम्मेवारी दिइएको उपसचिव नीलकण्ठ आचार्यले जानकारी दिए ।
उनका अनसार राजनीतिक प्रतिवेदन लेखन उपसमितिको संयोजकमा मैनाली तथा सदस्यमा उपाध्यक्ष बद्धिबहादुर प्रधान,सचिव सुदर्शन नेपाल, उपसचिव आचार्य, अरुणकमार श्रेष्ठ, हरि अधिकारी, सुरज शेर्पा, पुरुषोत्तम प्याकरेल र मुकुन्द नेपाल छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया