धादिङमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु
नुवाकोट । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ चिउरी टारमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।
बेनिघाट रोराङ-२ की ६ बर्षीया मनिला चेपाङको काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचारको क्रममा मंगलबार मृत्यु भएको स्थानिय शिक्षक मिश्र शाक्यले जानकारी दिए ।
अघिल्लो साता गाउँमा रेविज लागेको कुकुरले टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा लगिएको थियो । ज्वरो आउने, पानी तथा हावा देखेर डराउने जस्ता लक्षण देखिएपछी शुक्रराज ट्रपिकल लगिएको शिक्षक शाक्यले बताए ।
गाउँमा रेविज लागेको कुकुर रहेको र अन्य स्थानिय बासीलाई पनि टोकेकोले उनीहरुको उपचारको लागी वडा कार्यालयले पहल गरेको वडा अध्यक्ष हेमराज भुजेलले उल्लेख गरे । रेविज लागेको कुकुरले टोकेको क्षेत्र चिउरी टारमा रहेको चेपाङ समुदायमा एन्टि रेबिज भ्याक्सिन लगाइएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विबेक) को नेतृत्वमा गएको स्वास्थ्यकर्मी सहितको टोलिले भ्याक्सिन सहित परामर्श दिएको हो ।
बालिकालाई टोक्ने कुकुर मरिसकेको र अन्य चारजनालाई समेत त्यही कुकुरले टोकेको हुँदा चार जना सहित मनिला चेपाङको सम्पर्कमा आएका २० जना गरी २४ जनालाई एन्टि रेबिज भ्याक्सिन लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिए ।
रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ ।
रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । गाई, भैंसी, भेँडा, बाख्रा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्ने हुँदा सावधानी अपनाउनको लागि आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया