विदुर खानेपानीको डिहीगाउँ–धैबुङटोलमा खानेपानी सुरक्षा समुह गठन

विदुर खबर २०८१ जेठ ७ गते २१:५०

नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विदुर नगरपालिका वडा नम्बर ६ को डिहीगाउँ–धैबुङटोलमा खानेपानी सुरक्षा समुह गठन गरेको छ ।

Advertisement

शनिवार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले स्थानियहरुसँग छलmफल गरेर खानेपानीको पाइपको सुरक्षा, मिटरको दुरुपयोग हुन नदिन खानेपानी सुरक्षा समुह गठन गरेको हो ।

भेलाले रामहरी घिमिरेको नेतृत्वमा ९ सदस्यीय डिहीगाउँ–धैबुङटोल खानेपानी सुरक्षा समुह गठन गरेको हो । यस्तै समुहको सचिवमा रामभत्त पौडेल, कोषाध्यक्षमा संगिता कोइराला रहेका छन् ।  त्यस्तै सदस्यहरू सरिता लामिछाने, सिर्जना लामिछाने , कृष्णकुमारी दवाडी, लालमाया तमाङ, चेतबहादुर न्यौपाने र अन्जु ठकुरी रहेका छन् ।

Advertisement

गठन गरिएको सुरक्षा समितिले आफ्नो समुदायमा रहेको पानीको पाइपको संरक्षण गर्ने तथा पानीको दुरुप्रयोग हुन नदिने काम गर्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए ।

उनले विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी र कर्मचारीहरुबाट मात्र पानी र पाईपको सुरक्षा हुन नसक्ने भएकोले टोलटोलमा खानेपानी सुरक्षा समुह गठन गरिएको बताए । विस्तारै अन्य स्थानमा समेतसमुह गठन गर्ने तयारी गरेका छौ श्रेष्ठले विदुर खवरसँग भने ।

Advertisement

विदुर खानेपानी उपभोत्ता संस्थाले विदुर नगरपालिकाको वडा नम्बर– १, २, ४, ५, ६, ८ र ९ को सातैवटा वडाको चार हजार पाँच सय घरधुरीका २५ हजार जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउँदै आइरहेको छ ।

 

 

 

सम्बन्धित समाचार

खानेपानी सुरक्षा समुह गठन गर्दै विदुर खानेपानी उपभोक्ता संस्था

प्रतिक्रिया