अनलाइनमार्फत ठगी गरेको आरोपमा नुवाकोटका छेवाङ पक्राउ
नुवाकोट । अनलाइनमार्फत ठगी गरेको आरोपमा नुवाकोटका एक जनासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का १९ वर्षीय छेवाङ लामा रहेका छन् ।
यस्तै पक्राउ पर्ने अन्यमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ ।
अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
पक्राउ परेकाहरु क्रिप्टोमार्फत कारोबार गरेको समेत खुलेको छ । सञ्जयले मात्रै ६ करोड ३८ लाख ६५ हजार ४९६ रुपैयाँको कारोबार गरेको देखिएको छ ।
करणले ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया