शिवपुरीको रामायण माविलाई खड्काको एक लाख वरावरको आर्थिक सहयोग

विदुर खबर २०८१ जेठ ३ गते १८:१५

नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा समाजसेवि शुशिल खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री रामायण छाप माध्यामिक विद्यालयलाई झण्डै एक लाख रुपैयाँ वरावरको आर्थिक सहयोग गरेका छन् ।

Advertisement

बुधवार विद्यालयको ५९ औ अभिभावक भेलाको अवसर पारेर खड्काले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र बाग्मति प्रदेशसभाकी सांसद राधिका तामाङको उपस्थितिमा विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

खड्काले विद्यालयलाई आवश्यक पर्ने ५५ हजार ५ सय रुपैयाँको प्रोजेक्टर हस्तान्तरण गरेका छन् । उनले विद्यालयको कम्पाण्ड लगाउन समेत ५० हजार रुपैयाँ दिएका हुन् ।

Advertisement

अहिलेको युग विज्ञान र प्रविधिको युग रहेकाले विद्यालय पनि प्रविधिमैत्री बन्नुपर्ने भएकाले विद्यालयलाई प्राजेक्टर उपलब्ध गराएको खड्काले बताए ।  उनले आधुनिक प्रविधि अनुरुप सामुदायिक विद्यालयमा पठनपाठनमा सहज होस भन्ने अभिप्रायले सहयोग गरेको बताए ।

खड्काले विद्यालयलाई आगामी दिनमा समेत आवश्यक सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता समेत व्यत्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया