वेस्ट इन्डिजसँग खेल्न टोलीको घोषणा
नुवाकोट । मध्यक्रमका ब्याटर आरिफ शेखलाई समेट्दै नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको पाँच ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको छ । दुई टोलीबीच पहिलो खेल शनिबार हुनेछ ।
आरिफलाई एसीसी प्रिमियर कप खेल्न ओमान गएको नेपाली टोलीमा राखिएको थिएन । मस्कटमा यसै साता सेमिफाइनलमा पराजित भएर एसिया कपमा छनोट हुन असफल नेपाल तेस्रो स्थानको प्लेअफ खेलमा हङकङसँग पराजित भएपछि एसीसी इमर्जिङ कपमा पनि छनोट आसफल भएको थियो ।
आयरल्यान्ड ‘ए’ सँगको तीन ट्वान्टी–२० खेलको शृंखलामा आरिफले क्रमशः ४९, १४ र अविजित ९३ रनको स्कोर बनाएर आफ्नो दाबेदारी पेस गरेका थिए । एकदिवसीय विशेषज्ञ आरिफले ट्वान्टी–२० अन्तर्राष्ट्रियका ३८ खेलमा १ सय ९ माथिको स्ट्राइक रेटमा ४ सय ९३ रन बनाएका छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, आरिफ, गुलशन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, प्रतिश जिसी, अविनाश बोहरा र आकाश चन्द रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया