वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !
नुवाकोट । बुधबार काठमाडौँ आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज जस्तो टिम आउदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ ।
वेस्ट इन्डिज ए टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठुलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ ।
सामान्यतया विदेशी टिम आउदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ ।
नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आएको छ ।
यो सिरिज बैशाख १५ गतेदेखि शुरु हुदै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया