नेपाल हङकङसँग पराजित
नुवाकोट । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछाएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४४ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२ रन बनाएका थिए ।
त्यसैगरी हङकङका बलर आयुष सुक्लाले सर्बाधिक ३ विकेट लिए भने अत्तिक इकवाल, यासिम मुर्तजा र एहसान खानले एक एक विकेट लिएका थिए ।
यो जितसँगै हङकङ आगामी इमर्जिङ टिम्स एशिया कपका लागि छनौट भएको छ । इमर्जिङ टिम्स एशिया कपमा ओमान, युएई र हङकङ छनौट भएको छ ।
एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल भने यस प्रतियोगितामा चौथो रहदै एशिया कप र इमर्जिङ टिम्स एशिया कप दुवैमा छनौट हुन असफल भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया