सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड
विदुर खबर
२०८१ वैशाख ४ गते ११:२२
नुवाकोट । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ ।
बुधबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय रुपैया तोकेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया