नुवाकोट एक आर्कषक गन्तव्य

विदुर खबर २०८१ वैशाख १ गते ७:०४

नुवाकोट । आजबाट नयाँ वर्ष २०८१ शुरु भएको छ । नयाँ वर्षको अवसर पारेर स्वदेश र विदेशमा रहेका नेपालीहरुले एक आपसमा शुभकामना बाँड्दै नयाँ वर्ष मनाइरहेका छन् ।

Advertisement

राजधानी उपत्यकाको उत्तरपश्चिममा अवस्थित नुवाकोट गल्छीको बाटो भएर जाँदा कलंकीबाट करीब ६८ किलोमिटर दूरी तय गरेपछि पुगिन्छ ।

ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण यो भूमि एक पटक पुग्नै पर्ने गन्तव्य हो । इतिहासका दृष्टिले यो सामरिक महत्वको स्थल पनि हो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरे पश्चात यसलाई २५ वर्ष मुलुकको शीतकालीन राजधानी बनाए । यस हिसाबले पनि नुवाकोट ऐतिहासिक छ नै यससँगै भृकुटीको नेपाल–चीन घरमाइती गर्ने र वास बस्ने स्थल समेत रहेको तथ्य धेरैलाई थाहा नहुन सक्छ ।

Advertisement

समाजमा यद्यपि विकास भन्ने बित्तिकै कुनै क्षेत्रको भौतिक परिवर्तनसँग तुलना गर्ने परिपाटी छ तर साँचो अर्थमा विकास कुनै पनि पक्षको भौतिकसँगै आर्थिक, सामाजिक, सांस्कृतिक राजनीतिक तथा मानवीय चेतनाका यावत् अवयवहरुको विकासलाई बुझ्नु पर्दछ । अझ हाम्रो समाजमा क्षणभरमा नै दिने प्रतिफलहरुलाई मात्र विकास मान्ने गरिएको छ । क्षणमा दिने क्षणिक खुशी वास्तविक विकास होइन, न त्यो खुशीले स्थायित्व नै प्राप्त गर्छ ।

बिदुर, बेलकोट नगरपालिकासहित १० वटा गाउँपालिका रहेको नुवाकोट आ–आफ्नै क्षेत्रको ऐतिहासिक विविधताले भरिएको छ । रसुवा जिल्लाको लाङटाङ, केरुङ, गोसाईकुण्ड घुम्न जाने पर्यटकहरु एक दिन भए पनि नुवाकोटमा बस्ने वातावरण स्थानीय सरकारले बनाउनु जरुरी भइसकेको छ । यसका लागि राम्रो माध्यम भनेकै होमस्टे हो । जहाँ बसाइ सुलभ होस् र सुपथ पनि । पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नु पहिले नुवाकोट निकै शक्तिशाली राज्यको रुपमा चिनिएकोले पनि यो ऐतिहासिक संग्रहालयको हो । यसको अध्ययन गर्न स्वदेशी तथा विदेशी अध्येताहरु आउने गर्दछन् ।

Advertisement

नेपाल भूपरिवेष्टित राष्ट्र हुनुको साथै प्राकृतिक दृष्टिले मनोरम छ । गाउँ नै गाउँले भरिएर बनेको एउटा सुन्दर देश हो नेपाल । ती गाउँलाई विकासको बाटोमा डो¥याउने उत्तम उपाय ग्रामीण पर्यटन हो । ग्रामीण भेगका मनोरम दृश्य, खुला वातावरण, रमाइला पदयात्रा, स्वच्छ हावापानी, परम्परागत धर्म संस्कृति, रहनसहन आदि आकर्षणको केन्द्र हुन् । यस्ता समाजसँग सम्बन्धित जीवनशैली सम्बन्धित पक्षहरुले संरक्षण, सम्बद्र्धन गर्न सके ग्रामीण भेगका जनताको आर्थिक स्तर उक्सिन सक्छ ।

हरेक जात जातिका आफ्नै भाषा, संस्कृति, भेषभुषा, चालचलन रहेका हुन्छन् । ती सबै आफ्नै मौलिक पहिचान हुन् । यस्ता किसिमका चालचलन हेर्न मानव जाति उत्सुक रहनुका साथै सिक्ने मौका पनि मिल्दछ । धार्मिक तथा ऐतिहासिक स्थलहरुमध्ये पर्यटकीय दृष्टिले प्रमुख गन्तब्यको रुपमा नुवाकोट एक हो । पर्यटनले नेपाल जस्तो विकासशील मुलुकका लागि आर्थिक गतिविधिका लागि आशलाग्दो भविष्यतर्फ निर्दिष्ट गर्न सक्छ ।

नेपालको इतिहासमा सन् १९९७ मा स्याङजाको सिरुवारीमा सुरु भएको होमस्टे अहिले नेपालकै उत्कृष्ट सेवा र आकर्षणका रुपमा लिन सकिन्छ । घरवास नेपाली समुदायको पहिचान हो । प्राचीन पद्धति पनि हो । जहाँ साँझमा आउने पाहुनालाई घरमा वास दिने प्रचलन अहिले पनि छँदैछ । मिठो मसिनो घरमा जे पाकेको छ, त्यही दिने, सफा स्वच्छ ओछ्यानमा सुत्न दिने, पारिवारिक वातावरण दिने जुन संस्कार छ, त्यसको विकसित रुप नै आजको घरवास हो ।

पाहुना घरमा आउछन्, घरमा नै पाकेको सादा खाना, ढिँडो, सिस्नु, सागसब्जी, अचार, दाल जस्ता खानाले पर्यटकको स्वागत गर्ने हो । घर जस्तो रहे पनि सफा, आरामदायी ओछ्यानले पर्यटकको मन लोभ्याउने बातावरण सृजना गर्नु हो । यस्ता साधारण कार्यले पर्यटकको मन जित्न सकिन्छ । गाउँको प्रबद्र्धनमा सघाउ पु¥याउँछ । त्यस्तै, एउटा विदेशी पर्यटकलाई सहरमा अवस्थित तारे होटलमा भन्दा ग्रामीण भेगका साधारण परिकार खाएर, स्वच्छ हावापानी र गाउँले जीवनसँग घुलमिल गराउने वातावरण सिर्जना गरिनु पर्छ । यस्तै किसिमको पारिवारिक घुलमिलले उक्त स्थानमा फेरि जाउँ–जाउँ लाग्ने आकर्षण सिर्जना गर्न सकिन्छ । जसले स्थानीयको आर्थिक आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

अहिलेको परिपे्रक्ष्यमा होमस्टेले एक स्थानका वासिन्दाले अन्यत्र परिचित गराउँनुका साथै सम्पदा, संस्कृतिको समेत जर्गेना गर्ने देखिन्छ । हाम्रा पुर्खाहरुले मनाउँदै आएका संस्कृतिक वैशिष्ट्य एवं पर्वहरु स्थानीय युवाहरुको अगुवाईमा प्रदर्शित गरेर पर्यटकहरुलाई मनोरञ्जन दिन सकिन्छ । नुवाकोटलाई नेपाल–चीन–भारतबीचको मध्यबिन्दुका रुपमा लिन सकिन्छ । त्रिशुली नदीमा ¥याफ्टिङ, ककनीमा रमाइलो पिकनिकको साथै छहरा छाँगारोहण गर्न, दरबार परिसरबाट प्याराग्लाइडिङ गर्न, त्यस्तै जिपलाइनबाट मनोरञ्जन लिन सकिने थुप्रै स्थलहरु रहेका छन् । गणेश हिमाल र लाङटाङ पदमार्ग नुवाकोट हँुदै सुरु हुन्छ । यी नै कारण यस क्षेत्रको आर्थिक र अन्य विकासमा कायाकल्प हुन सक्छ । प्रयत्न गरे राजधानीबाट नजिक रहेकोले नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तवय बन्नेमा कुनै सन्देह छैन ।

सबैको साथ र हातोमालोद्धारा उल्लिखित काम गर्न सकिन्छ । बन्दपिुर र घलेगाउँ स्थानीयकै प्रयासस्वरुप पर्यटकीय गन्तव्यका रुपमा चर्चित बनेका हुन् । यो तथ्य नुवाकोटवासीले पनि बुझ्नु जरुरी छ । स्थानीय सरकारको समन्वय तथा सहकार्यमा होमस्टेमा सक्रियता बढाउने खालका विभिन्न नीति तथा कार्यक्रमहरु अघि सार्नु वाञ्छनीय छ । विभिन्न संघसंस्थाको समन्वयमा पिकनिक स्पटको पूर्वाधार विकास गर्ने बालउद्यान निर्माण गर्ने, अन्य मठमन्दिर तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा मर्मतसम्भार गर्ने जस्ता योजना निर्माणमा स्थानीय तहले चासो दिनु जरुरी छ ।

पछिल्लो समय नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउने प्रतियोगिता हुँदै आएको छ । यो प्रतियोगिताले स्पेनको राष्ट्रिय खेल बुलफाइटको झल्को दिने कारणले पनि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सफल रहेको छ । त्यस्तै चिम्टेश्वर महादेव, बेलकोटगढी, बाघखोर लगायत विभिन्न रमणीय स्थलहरु रहेका छन् । नुवाकोटको शिखर बेंसीको समुद्रफिनी चामल, त्रिशुलीको कान्छी बदाम सबैतिर कहलिएको छ । त्यस्तै ककनीको स्टबेरी, ट्राउट माछा, ओखरपौवाको मुला पनि राजधानीमा प्रख्यात रहेको छ । त्यस्तै नुवाकोट दरबार परिसर, देवीघाट, बनदेवी, तादी र त्रिशुलीको संगममा रहेको देवी जालपा मन्दिर, दुप्चेश्वर मन्दिर, बेत्रावतीको त्रिबेणी धाम यहाँको सांस्कृतिक धरोहर हुन् ।

स्थान, परिवेशअनुसार पर्यटन प्रबद्र्धनमा बिशेष जोड दिनु पर्दछ । ती विषयमा स्थानीय तहले सूक्ष्म अध्ययन, अनुसन्धान गर्नुका साथै सम्भावित पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु प्राथमिकताका आधारमा सञ्चालन गर्नु पर्दछ । साँच्चै नै अन्तर्राष्ट्रिय मार्गको रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाण्डौं मार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएका कारण नुवाकोटको भविष्य उज्ज्वल छ ।

तथापि भविष्य त्यतिकै उज्ज्वल हुने होइन, यसमा मानवीय सक्रियता अनिवार्य हुन्छ, त्यसमा पनि स्थानीय जागरूकता ।

प्रतिक्रिया