पिपलटारमा खेलाडी कल्याणकोष स्थापनाको लागि महायज्ञको आयोजना हुँदै
विदुर खबर
२०८० चैत २९ गते २१:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा खेलाडी कल्याणकोष स्थापनाको साथै एम्बुलेन्स खरिदको लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
पिपलटार फुटवल क्लबको आयोजना तथा विदुर नगरपालिकाको कार्यालय र विदुर ५ वडा कार्यलयको संरक्षकत्वमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।
आगामी वैशाख ९ गतेदेखि १७ गतेसम्म हुने सप्ताहमा कथा शिरोमणी दिपक प्रसाद पौडेलले कथा वाचन गर्ने बताइएको छ ।
महायज्ञबाट संकलन भएको पैसाले क्लबको लागि एम्बुलेन्स र खेलाडीहरुको लागि कल्याणकोष स्थापना गरिने पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया