हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट
नुवाकोट । धादिङ, गोरखालगायतका जिल्लामा हावाहुरी र असिनापानीले हिउँदेबाली नष्ट गरेको छ ।
उत्तरी क्षेत्रको विकटमा पर्ने धेरैजसो गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँका दिनेश तामाङले बताए । हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौलगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्याएर अर्काे बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए ।
फागुनको पहिलो हप्तादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ । असिनाका कारण भित्र्याउने बेला भएको गहुँ र जौ नष्ट गरेको गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले बताए ।
बारपाकका झन्डै एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाै असिनापानीले नष्ट गरेको उहाँले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया