नेपालले महिला एसिया कप क्रिकेट खेल्न पाउने
नुवाकोट । नेपालले महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउने भएको छ ।
एसियाली क्रिकेट परिषद् (एसीसी) ले नेपाल र थाइल्यान्डलाई एसिया कप खेल्न मौका दिँदै जुलाईमा श्रीलंकाको दम्बुलामा हुने एसिया कपको खेलतालिका मंगलबार सार्वजनिक गरेको छ ।
६ साताअघि मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल र थाइल्यान्ड सेमिफाइनलमै रोकिएका थिए । छनोटको फाइनल पुग्ने टोलीले मात्र एसिया कप खेल्ने पाउने प्रावधान थियो । नेपाल र थाइल्यान्डलाई रोक्दै मलेसिया र यूएई एसिया कपका लागि छनोट भएका थिए ।
नेपाली टोली सेमिफाइनलमा मलेसियासँग अन्तिम ओभरमा ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताभर नै उत्कृष्ट खेलेको नेपाल सेमिफाइनलमा अन्तिम १० ओभरमा मात खाएको थियो । तर। नेपालले अब तेस्रो पटक एसिया कप खेल्ने भएको हो । नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो ।
जुलाई १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेको छ । नेपालले जुलाई १९ मा पाकिस्तान, २१ मा यूएई र २३ मा भारतसँग समूह चरणको खेल खेल्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया