गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न सांसद सीता मिजारको सुझाव
नुवाकोट । नेपाली कांग्रेसकी सांसद सीता मिजारले आफूमाथि लागेका आरोपहरुको निश्पक्ष छानबिनका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहयोगी हुनुपर्ने बताएकी छन् ।
यसका लागि गृहमन्त्रालयले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा संलग्न रहेको भनी जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा/ जाहेरी परेको बताइन् ।
उनले अगाडि भनेकी छन्, ‘…आम रुपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । मुलुकमा कानुनी शासन स्थापना गर्ने सन्दर्भमा मुख्य अबिभारा बोकेको गृह प्रश्ाासनको बागडार सम्हालेर बसेको नेतृत्वमाथि नै यसरी गम्भीर नैतिक प्रश्न भएको छ ।’
प्राकृतिक न्याय सिद्धान्तका आधारमा समेत गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा न्याय निरुपण गर्नको लागि न्यायाधीशले आफ्नो स्वार्थ बाझिएको अवस्थामा मिल्दैन भन्नुपर्ने व्यवस्था रहेको उनले स्मरण गरिन । यस अभ्यास समेतका आधारमा स्वार्थ बाझिाएको र आफैंमाथि आरोप लागेको विषय हेर्ने जिम्मेवारीमा बसिरहन नहुने उनको सुझाव छ ।
गृहमन्त्री लामिछानेमाथि सहकारीका सम्बन्धमा प्रश्न, जाहेरी र मुद्दा रहेको दोहोर्याउँदै उनले भनिन्, ‘…त्यसकारण सार्वजनिक पदमा बसिरहनु कति जायज हो ? निश्पक्ष छानबिनको लागि मार्गपशस्त गर्ने कि नगर्ने ? गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ?’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया