प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ मत
विदुर खबर
२०८० फागुन ३० गते १८:५३

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाएका छन ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाएका छन । उपस्थित २६८ सांसद मध्ये दाहालको पक्षमा १५७ मत रहेको छ भने विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्ने हुन्छ । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया