माइली राईलाई ढुंगेलदम्पतीको सहयोग
नुवाकोट । दुई दिनअघि श्रीमान् गुमाएकी नुवाकोटकी ५६ वर्षीया माइली राईलाई नुवाकोट बेलकाेटगढी नगरपालिका– ४ का रुद्र ढुंगेल र मीरा घिमिरेदम्पतीले सहयोग गरेका छन् ।
‘किरिया बसेकी माइलीलाई खानाको समेत समस्या’ भएपछि ढुंगेलदम्पती माइली राईकाे परिवार किरिया बसेको ठाउँ पशुपति क्षेत्र पुगेका थिए । उनीहरूले शव उठाएको ठाउँदेखि किरिया नउठुन्जेलसम्मकाे खर्च आफूले व्यहोरिदिने भने पनि पीडित परिवारले अरू खर्च दुःखले टरिसकेको, तर खानाको लागि ८–१० हजार भए हुन्छ भनेपछि आफूहरूले १५ हजार रुपैयाँ दिएर फर्किएको रुद्र ढुंगेलले बताए ।
आफूले दिएको त्यति रकमले उनीहरू असाध्यै खुसी भएको उनले बताए । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् ।
आम्दानीको स्रोत केही छैन । पशुपति आर्यघाटस्थित किरियापुत्री भवनमा बसिरहेकी माइलीसँग बिहान–बेलुका खाने सामग्रीसमेत छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया