उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको भवन शिलान्यास

विदुर खबर २०८० फागुन १० गते २०:३३

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको भवन शिलान्यास गरिएको छ। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भवन शिलान्यास गरेका हुन् ।

Advertisement

हेटौंडाको थनाभर्याङमा ३ कट्ठाको जमीनमा उक्त भवन निर्माण गर्नका लागि शिलान्यास भएको हो। सो जग्गा हेटौडा उपमहानगरपालिकाले उपलब्ध गराएको हो ।

महासंघ अध्यक्ष ढकालले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जग्गा प्रदान गरेकोमा उपमहानगरपालिकालाई धन्यवाद दिए । साथै उक्त भवन निर्माणका लागि व्यक्तिगत रूपमा रु ५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । साथै महासंघका बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठलाई भवन निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्नको लागि आग्रह गरेका छन् ।

Advertisement

वाग्मती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले जग्गा सहयोग गरेकोमा उपमहानगर लाई धन्यवाद व्यक्त गर्दै व्यक्तिगत रुपमा भवन निर्माण गर्न रु ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साथै अध्यक्ष चन्द्र ढकाललाई भवन छिटै बनाउने प्रतिवद्दता जनाएका छन्।

उनका अनुसार सो भवन साढे चार तलाको बन्ने छ भने लागत २.५ करोड रहने छ । सुरुवाती चरणमा १ करोड बजेटबाट काम सुरु गरिने उनले बताए।

Advertisement

हाल नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशको हालको सचिवालय हेटौंडाको हुप्राचौरमा रहेको छ ।

प्रतिक्रिया