सान्जेन जलविद्युत कम्पनीले ३ करोड ५७ लाख नाफा कमायो
विदुर खबर
२०८० फागुन २ गते २१:०९
नुवाकोट । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले ग्राहकसँगको सम्झौताबाट ६८ लाख र विद्युत बिक्रीमार्फत ७ करोड १४ लाख रुपैयाँ गरी कुल ७ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको रिजर्भको आकार २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २९ करोड र कुल चालु दायित्व ३० करोड ६२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १.९६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९४.३७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४३.०१ रुपैयाँ कायम भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया