राट्रपति रनिङशिल्ड कालिका गाउँपालिकालाई
रसुवा । उत्तरगया गाउँपालिकाको बोगटीटारमा सञ्चालित ११ औं राट्रपति रनिङशिल्डको उपाधि कालिका गाउँपालिका टिमले हात पारेको छ ।
कालिकाले २२ स्वर्ण, ७ रजत र २ कास्य पदक गरी ३१ पदक सहित उपाधि जितेको हो । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित जिल्ला स्तरिय ११ औं राट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्तरगया गाउँपालिका टिमले ५ स्वर्ण १२ रजत, ९ कास्य सहित दोस्रो भएको छ । गोसाइकुण्डले ४ स्वर्ण ८ रजत ८ कास्य पदक जितेको छ ।
त्यसैगरी नौकुण्डले ४ स्वर्ण, ७ रजत , कास्य १० पदक जितेको छ भने आमाछोदिमो टिमले १ स्वर्ण, १ रजत र ५ कास्य पदक हात पारेको छ । माघ २० देखि २२ गतेसम्म सञ्चालित खेलहरुमा ५ वटै पालिकाबाट बिभिन्न खेलमा भाग लिएका थिए ।
तेक्वाण्दो तर्फ उत्तरगयाकी रस्विना थापामगर र कालिकाका समीर तामाङ उत्कृष्ठ भए । महिला भलिवलतर्फ कालिकाकी शिला स्याङवा र पुरुष भलिवलतर्फ नौकुण्डका बिक्रम तामाङ उत्कृष्ठ घोषित भए ।
एथ्लेटिक्स पुरुष तर्फ कालिकाकै महेन्द्र परियार र महिला एथ्लेटिक्समा मनिसा तामाङ उत्कृष्ठ भए । कालिकाबाट सुजिता भोक्तान उदयिमान खेलाडी घोषित भइन् । प्रमुख अतिथी संघीय संसद मोहन आचार्यले स्वास्थ रहन खेलले महत्वपूर्ण भीमिक निर्वाह गर्ने बताए ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, प्रमुख जिल्ला अधिकारी बेधनिधी खनाललगायत स्थानीय तहका जनप्रतिनिधि उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा लामा, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङबमे घलेलगायत जनप्रतिनिधिहरु विजयी खेलाडीहरुलाइ पदक, सम्मान पत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया