निति विधि र थितिभन्दा वाहिर गएर काम गर्दिन : प्रजिअ अधिकारी

विदुर खबर २०८० माघ २२ गते २१:५८

नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले निति विधि र थितिभन्दा वाहिर गएर काम नगर्ने बताएका छन् ।

Advertisement

सोमवार नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन् । प्रजिअ अधिकारीले सबैको साझा प्रयासले मात्र सकरात्मक परिवर्तन गर्न सकिने बताएका थिए ।

उनले आफु पनि नुवाकोटका स्थानिय रहेको भन्दै सबै सरोकारवालाहरुसँग सहकार्य गरेर काम गर्ने बताए । सिडियो अधिकारीले चुनौतीहरुको सामना गर्न सबै पक्षहरुको सहयोग चाहिने बताए ।

Advertisement

फरक प्रसंगमा प्रजिअ अधिकारीले नुवाकोटमा काम गर्न सहज नभएको भन्दै आफु त्यो चुनौती स्वीकार गर्दै नुवाकोट आएको समेत बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले नुवाकोटमा रहेका व्यवसायीहरु प्रशासनसँग मिलेर काम गर्न तयार रहेको बताए ।

Advertisement

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तारावहादुर कार्की, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सन्तोष उप्रेती लगायतले नुवाकोटमा रहेका उद्योगी व्यवसायीहरुको समस्या तथा जिल्लामा भएका समस्याहरु र संभावनाहरुको विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया