विदुर मेयर कप : उपाधिको लागि विदुर र म्यागङ भिड्ने
विदुर खबर
२०८० माघ २० गते २०:११

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको उपाधिको लागि आयोजक टोली विदुर नगरपालिका र म्यागङ गाउँपालिका भिड्ने भएका छन् ।
शनिवार सम्पन्न सेमिफाईनलमा विदुर नगरपालिकाले शिवपुरी गाउँपालिकालाई र म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकालाई पराजित गरि उपाधिको नजिक पुगेका हुन् ।
प्रतियोगिताको फाईनल खेल आईतवार हुने छ । प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नुवाकोटको दुई नगरपालिकासहित १० ओटा स्थानिय तहको सहभागिता रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया