विदुर मेयर कप फुटवल : सुर्यगढी सेमिफाईनल प्रवेश
नुवाकोट । सुर्यगढी गाउँपालिका बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा लिखु गाउँपालिकासँग १–१ गोलको वरावरी खेल्दै सुर्यगढी गाउँपालिका पहेँलो कार्डको आधारमा समुह ए को शीर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको हो ।
समुह ए मा रहेका सुर्यगढी, लिखु र तारकेश्वर गाउँपालिकाको समान २-२ अंक र गोल संख्या समेत वरावरी भएपछि कार्डको आधारमा सुर्यगढी गाउँपालिका अगाडी रहदै सेमिफाइनल प्रवेश गरेको हो ।
आजको खेलको म्याद अफ दी म्याच सुर्यगढी गाउँपालिकाका गोलकिपर विक्रम गुरुङ घोषित भए । उनले नगद एक हजार रुपैयाँ हात पारे ।
यस्तै आजै भएको पहिलो खेलमा तारकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले गोलरहित वरावरी खेलेर अंक बाँडेका छन् ।
प्रतियोगिता अन्र्तगत भोलि सेमिफाइनलका खेले हुनेछन् । पहिलो सेमिफाइनलमा सुर्यगढी गाउँपालिकाले म्यागङ गाउँपालिका विरुद्ध खेल्ने छ भने आयोजक विदुर नगरपालिकाले शिवपुरी गाउँपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया