विदुर मेयर कप : सुर्यगढी र तारकेश्वरले गोलरिहत वरावरी खेले

विदुर खबर २०८० माघ १४ गते १८:२४
खेलको म्यान अफ दी म्याच सुर्यगढी गाउँपालिकाका निशान्त श्रेष्ठ । म्यान अफ दि म्याचको अवार्ड लिँदै ।

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आईतवार भएको तेस्रो खेलमा सुर्यगढी गाउँपालिका र ताकरेश्वर गाउँपालिकाले गोलरहित वरावरी खेलेका छन् ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा भएको खेलमा दुबै टोलीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भएका हुन् ।

समुह ए मा रहेका यी दुई टोलीको एक÷एक अंक हुँदा लीखु गाउँपालिका तीन अंक जोडेर शीर्ष स्थानमा बसेको छ । लिखु गाउँपालिकाले आईतवार नै भएको खेलमा ककनी गाउँपालिकालाई पराजित गर्दै तीन अंक हात पारेको थियो । खेलको म्यान अफ दी म्याच सुर्यगढी गाउँपालिकाका निशान्त श्रेष्ठ घोषित भए ।

Advertisement

यसअघि आईतवारको भएको समुह ए को पहिलो खेलमा ककनी गाउँपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै लिखु गाउँपालिकाले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।

त्यस्तै आईतवारको दोस्रो खेलमा किस्पाङ गाउँपालिका र बेलकोटगढी नगरपालिकाले समान ३÷३ गोलको वरावरी खेलेका छन् । दोस्रो दिनको खेल सम्पन्न हुँदा समहु ए मा रहेको लिखु गाउँपालिको तीन अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने तारकेश्वर गाउँपालिका र सुर्यगढी गाउँपालिकाले समान एक÷एक अंक हात पारेका छन् ।

Advertisement

त्यस्तै समुह बि मा बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिका समान एक÷एक अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।
त्यस्तै समुह सि मा म्यागङ गाउँपालिका तीन अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया