विदुर मेयर कप : बेलकोगढी र किस्पाङले बरावरी खेले
नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा बेलकोगटढी नगरपालिका र किस्पाङ गाउँपालिकाले ३÷३ गोलको बरावरी खेलेका छन् ।
समुह बि अन्र्तगत केही बेरअघि सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्दै वरावरी खेलका हुन् । खेलमा लगातार अग्रता बनाएको किस्पाङ गाउँपालिका रक्षात्मक बन्न नसक्दा खेल बरावरीमा सकिएको हो ।
खेलको छैठौँ मिनेटमा गोल गर्दै अग्रता बनाएको किस्पाङले २२ औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । तर खेलको ३८ औ मिनेटमा गोल गर्दै बेलकोटगढी नगरपालिकाले खेल अन्तर २÷१ को अन्तरमा झारेको थियो ।
तर खेलको ४३ औ मिनेटमा किस्पाङ गाउँपालिकाले पुन : गोल गर्दै खेल ३–१ को अवस्थामा पुराएका थिए ।
खेलको दोस्रो हाफमा बेलकोगढी नगरपालिकाले पेनाल्टी पायो र त्यसलाई गोलमा परिणत गर्दै कप्तान विवश लामाले खेल ३–२ को अवस्थामा पुगेको थियो ।
त्यसपछि खेलको ७३ औ मिनेटमा बेलकोटगढी नगरपालिकाका लागि कप्तान विवशले पुन गोल गर्दै खेल तीन÷तीन गोलको वरावरीमा पुराएका थिए ।
त्यसपछि खेलमा कुनै गोल भएन र दुबै टोलीले समान एक÷एक अंक बाँडेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया