रसुवामा पाँच वर्षमा २९ जनाले आत्महत्या गरे
विदुर खबर
२०८० माघ १० गते १७:५२
रसुवा । रसुवामा विगत पाँच वर्षको अवधिमा आत्महत्या गर्नेको सङ्ख्या २९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्र पौडेलका अनुसार आर्थिक वर्ष ०७६/७७ मा आठजना ०७७/७८ मा ९ जना ०७८/७९ मा चारजना ७९/८० मा पाँचजना ८०/८१ मा ६ जना रहेका छन् ।
आत्महत्या गर्नुको कारण प्रेम–सम्बन्ध, मादक पदार्थ सेवन र अन्य रहेको प्रहरीले बताएको छ ।
पाँच गाउँपालिका रहेको रसुवामा अन्य जिल्लाको तुलनामा आत्महत्या गर्नेको सङ्ख्या कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया