त्रिशुली अस्पताल फेरि उत्कृष्ट घोषित

विदुर खबर २०८० माघ ९ गते २१:५२

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा  फेरि उत्कृष्ट अस्पताल बनेको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको उक्त मुल्यांकनमा त्रिशुली अस्पताल ९६ प्रतिशत अंकसहित उत्कृष्ट अस्पताल घोषित भएको हो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतिक सिंहका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा देशभरका सेकेण्डरी समूह ए अन्तर्गतका अस्पतालहरुमा त्रिशुली अस्पताल उत्कृष्ट बनेको हो ।

Advertisement

मंगलवार त्रिशुली अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालले न्युनतम सेवा फलोअप मापदण्ड उत्कृष्ट अंक हात पारेको उत्कृष्ट भएको बताइएको थियो ।

यसअघि त्रिशुली अस्पताल दुई पटक न्यूनतम सेवा मापदण्डमा पहिलो भइसकेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषयलाई समेटेर यो मुल्यांकन गर्ने गर्छ ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले अस्पतालको लागि नगरपालिकाले दिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले अस्पतालमा रहेको श्रोत, साधन र जनशत्तिले जनतालाई सेवा अपुग भएमा आफु समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।
मेयर श्रेष्ठले अस्पतालको विषयमा जनताहरुबाट केही गुनासो आएको भन्दै सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउन निर्देशन समेत दिए ।

कार्यक्रममा विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख संजयसिंह थापा, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया