विदुर मेयर कप : उद्घाटन खेलमा विदुर र म्यागङ भिड्ने
नुवाकोट । विदुर नगरपालिका र नुवाकोट फुटवल संघको आयोजनामा आगामी बुधवारदेखि शुरु हुने विदुर मेयर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली विदुर नगरपालिका र म्यागङ गाउँपालिकाविच प्रतिष्पर्धा हुने भएको छ ।
आयोजक नुवाकोट फुटवल संघले ड्र सार्वजनिक गर्दे प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ड्र अनुसार ककनी गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका र तारकेश्वर गाउँपालिका समुह ए मा रहेका छन् । त्यस्तै समुह बि मा बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र शिवपुरी गाउँपालिका रहेका छन् ।
यस्तै आयोजक टोली विदुर नगरपालिका, तादी गाउँपालिका र म्यागङ गाउँपालिका समुह सि मा रहेका छन् ।
खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका साथ अन्तरपालिका स्तरीय विदुर मेयरकप फुटवल प्रतियोगिता आयोजना गरेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी जनाउन प्रत्यके टोलीले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने नुवाकोट जिल्ला फुटवल संघले जनाएको छ । खेल नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया